Loksewa Exam Preparation: Notes लोकसेवा तयारी सामग्री
मिति: १२ मंसिर २०८१, बुधबार
१. क्षतिपूर्तिसहितको नागरिक बडापत्र भनेको के हो? यससम्बन्धी कानुनी आधार तथा व्यवस्थाहरू उल्लेख गर्दै यसमा समेटिनुपर्ने विषयहरू के के हुन्?
क्षतिपूर्तिसहितको नागरिक बडापत्रको अर्थ
क्षतिपूर्तिसहितको नागरिक बडापत्र भनेको सार्वजनिक निकायहरूले नागरिकलाई सेवा प्रदान गर्न तयार गरेको यस्तो बडापत्र हो, जसमा सेवा समयमै प्राप्त नभएमा सेवाग्राहीले क्षतिपूर्ति दाबी गर्न पाउने कानुनी व्यवस्था हुन्छ। यसले सरकारी सेवाप्रवाहमा हुने ढिलासुस्ती नियन्त्रण गर्न, सेवाग्राहीको समय र अधिकारको सम्मान गर्न, र सरकारी कर्मचारीलाई जिम्मेवार तथा जवाफदेही बनाउन सहयोग पुर्याउँछ।
कानुनी आधारहरू
1. सुशासन ऐन, २०६४
प्रत्येक सरकारी कार्यालयले नागरिक बडापत्र तयार गरी सबैले देख्ने ठाउँमा राख्नुपर्ने।
मनासिव कारणबिना सेवाग्राहीलाई हानि पुगेमा क्षतिपूर्ति दिनुपर्ने।
2. सुशासन नियमावली, २०६५
नागरिक बडापत्र कार्यालयमा उपयुक्त ठाउँमा देखिने गरी राख्नुपर्ने।
3. भ्रष्टाचारविरुद्ध रणनीति, २०६५
नागरिक बडापत्र कार्यान्वयनको जिम्मेवारी राष्ट्रिय सतर्कता केन्द्रलाई दिइएको।
4. क्षतिपूर्ति व्यवस्थापन निर्देशिका, २०६९
क्षतिपूर्तिबारे न्यूनतम मापदण्ड, दाबी प्रक्रिया, र कार्यान्वयनका प्रावधानहरू समावेश।
बडापत्रमा समावेश हुनुपर्ने विषयहरू
1. कार्यालयले प्रदान गर्ने सेवा र प्रकृति।
2. सेवा प्राप्त गर्न आवश्यक कार्यविधि र कागजातहरू।
3. सेवा प्राप्त गर्न लाग्ने समयावधि।
4. सेवा प्रदायक कर्मचारीको विवरण।
5. सेवा दस्तुर र अन्य खर्चहरूको जानकारी।
6. गुनासो दर्ता अधिकारीको नाम र सम्पर्क।
7. कार्यालयको वेबसाइट, इमेल, र टेलिफोन नम्बर।
8. प्राथमिकताका आधारमा सेवा प्रवाह।
9. क्षतिपूर्तिसहितका सेवा र त्यहाँ तोकिएका क्षतिपूर्तिका रकम।
महत्त्व
यस बडापत्रले सेवाग्राहीको अधिकारको रक्षा गर्दै जनगुनासाहरूको उचित समाधान गर्न सहयोग गर्दछ। प्रक्रियागत समस्या समाधान गर्दै नागरिकमैत्री सेवा प्रवाह सुनिश्चित गर्नु आजको मुख्य आवश्यकता हो।
---
२. आयोजनाको प्राविधिक परीक्षण भनेको के हो? यसको फाइदाहरू र कानुनी व्यवस्था उल्लेख गर्नुहोस्।
प्राविधिक परीक्षणको परिभाषा
सार्वजनिक निर्माणकार्यमा गुणस्तर र दिगोपनाको सुनिश्चितताका लागि आयोजना कार्यान्वयनको विभिन्न चरणमा गरिने मूल्याङ्कनलाई प्राविधिक परीक्षण भनिन्छ। यसमा आयोजनाको लागत, समय, गुणस्तर, र प्रभावकारिताको विश्लेषण गरिन्छ।
फाइदाहरू
1. निर्माण गुणस्तर सुधार।
2. सार्वजनिक खरिद प्रक्रियामा पारदर्शिता।
3. प्राविधिक त्रुटि सुधार।
4. मापदण्ड पालन गराउन सहयोग।
5. मर्मतसम्भार लागत घटाउने।
6. स्रोतसाधनको कुशल परिचालन।
7. सार्वजनिक निर्माण संरचनाको दिगोपना सुनिश्चित।
परीक्षणका प्रमुख विषयहरू
1. डिजाइन उपयुक्तता।
2. लागत र समयको अनुमान।
3. कानुनी मापदण्डको पालना।
4. बजेट र निकासाको व्यवस्थापन।
5. समय तालिका र प्रगतिको विश्लेषण।
चुनौतिहरू
नेपालमा स्रोतसाधनको अभाव, विज्ञता कमी, र कम प्राथमिकताका कारण प्राविधिक परीक्षण प्रभावकारी बन्न सकेको छैन।
---
३. नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ अन्तर्गत व्यावसायिक आचार संहिताहरू र उल्लङ्घनको दायित्वहरू
व्यावसायिक आचार संहिताहरू
1. बदनियतपूर्वक काम गर्न नहुने।
2. लापरवाही नगर्ने।
3. झुटा प्रतिवेदन तयार नगर्ने।
उल्लङ्घनका परिणामहरू
1. चेतावनी दिनु।
2. व्यावसायिक प्रमाणपत्र निलम्बन गर्नु।
3. नाम दर्ता रद्द गर्नु।
4. कानुनी कारबाही।
नेपाल इन्जिनियरिङ परिषद्ले उचित सुनुवाइको अवसर प्रदान गरी सजाय निर्धारण गर्दछ।
---
४. सार्वजनिक निर्माणमा लागत अनुमानको महत्त्व र विचार गर्नुपर्ने विषयहरू
लागत अनुमानको परिभाषा
आयोजनाको सम्पन्नताका लागि आवश्यक खर्चको पूर्वानुमान लागत अनुमान हो।
महत्त्व
1. बजेट निर्माणमा सहयोग।
2. खरिद प्रक्रियालाई सहज बनाउने।
3. निर्माण कार्यमा पारदर्शिता।
4. जोखिमको पूर्वआकलन।
5. समय र स्रोतसाधनको कुशल व्यवस्थापन।
विचार गर्नुपर्ने विषयहरू
1. प्रत्यक्ष खर्च: उपकरण, ज्याला, सामग्री।
2. अप्रत्यक्ष खर्च: प्रशासनिक र कानुनी।
3. आकस्मिक खर्च: प्राकृतिक विपत्ति, मूल्य वृद्धिलगायत।
नेपालमा लागत अनुमानलाई व्यवस्थित र यथार्थपरक बनाउँदै सार्वजनिक निर्माण कार्यलाई प्रभावकारी बनाउनु आजको आवश्यकता हो।
Post a Comment
0Comments