"सावधान! क्लिकबेट र फेसबुक Scam पोस्टबाट जोगिने तरिका"

0

"क्लिकबेट र फेसबुक Scam पोस्ट: जोगिने सरल तरिका"

"पोखरा मा फेरि अर्को plane दुर्घटना।"

"Justin Bieber को heartattack बाट मृत्यु।।"

"पेट्रोल, ग्यास को मूल्य, सुन को मूल्य *** घट्यो ।।"

"तपाईंले आइफोन जित्नुभयो।।"

यस्ता पोस्ट हरु तपाईले कहीं ना कहीं देख्नुभएको होला।। के तपाईं ले कतै यस्ता लिंक मा क्लिक गरी हेर्नु भएको त छैन ?


मिति 2081 कार्तिक 30 गते


"क्लिकबेट भनेको के हो?"


इन्टरनेटको प्रयोग बढ्दै जाँदा scams हरू पनि बढ्दो क्रममा छन्। यी scams मध्येको एक हो Clickbait Scam। यो scam यस्तो हो जहाँ आकर्षक शीर्षक, thumbnails, वा fake news प्रयोग गरेर मानिसहरूलाई अनावश्यक link मा क्लिक गर्न बाध्य पारिन्छ। धेरैजसोले यो सम्झिन्छन् कि यो सामान्य लिंक मात्र हो तर यसले गम्भीर जोखिम निम्त्याउँछ। यहाँ clickbait scam के हो, कसरी काम गर्छ, र यसबाट जोगिने उपायबारे चर्चा गरौं।

---

Clickbait Scam के हो?

Clickbait scam भनेको त्यस्तो अनलाइन scamming  का हो जहाँ click गर्न लोभलाग्दा, Catchy headlines र images प्रयोग गरिन्छ। यस्ता headlines वा images मा क्लिक गरेपछि scams को शिकार बन्न सकिन्छ।

उदाहरणका लागि तल को इमेज हरु हेर्नुहोस् । कतै न कतै तपाईंले यस्ता लिंक हरु देख्नुभएकै होला।  यी fake news, offers हरु धेरै नै आकर्षक देखिन्छन्। तर वास्तवमा यस्ता link हरूले तपाईको गोप्य सूचना चोरी गर्न, malware फैलाउन, वा hacking गर्नको लागि प्रयोग गरिन्छन्।

---

Clickbait Scam कसरी काम गर्छ?

Clickbait scam कसरि काम गर्छ भनेर बुझ्न आवश्यक छ। सामान्यतया, scammers हरू यसरी काम गर्छन्:

1. Catchy Titles र Thumbnails प्रयोग गर्छन् - जस्तै "तुरुन्त क्लिक गर्नुहोस्!", "विशेष अफर, सीमित समय!","एयरप्लेन crash bhayo","Petrol को मूल्य घट्यो" आदि यस्ता शब्द प्रयोग गरेर curiosity generate गराउँछन्।

2. Fake Promises र Offers - जीत, उपहार, विशेष छुटको नक्कली वाचा गर्छन्।
आइफोन सस्तो मा पाउने, लिमिटेड अफर को प्रलोभन देखाउँछन।

3. Redirect to Malicious Websites - यी link हरूमा क्लिक गर्दा हानिकारक websites मा लैजान्छन्, जहाँ तपाईंको डाटा चोरी हुनसक्छ वा device मा malware install हुनसक्छ।
जसले गर्दा तपाईं को व्यक्तिगत जानकारी, बैंकिङ जानकारी हात पारी तपाईँको बैंक खाता नै रित्याइदिन सक्छन्।

---

Clickbait Scam को उदाहरणहरू

नक्कली उपहार जस्तै "तपाईले$500 जित्नुभयो!"

झुटा news links जस्तै "यस्तो खबर कतै देख्नुभएको छैन, तुरुन्त हेर्नुहोस्!"

नक्कली र limited-time offers, जसले curiosity र urgency को भावना बनाउँछ।


पोखरा मा फेरि अर्को plane दुर्घटना।


Justin Bieber को heartattack बाट मृत्यु।।


पेट्रोल, ग्यास को मूल्य, सुन को मूल्य *** घट्यो ।।
तपाईंले आइफोन जित्नुभयो।।






---

Clickbait Scam ले दिने खतरा र असरहरू

Clickbait scam हरूबाट विभिन्न प्रकारका खतरा निम्तिन्छन्:

Account Hacking - यस्ता links मा क्लिक गर्दा सामाजिक सञ्जाल वा बैंक accounts मा hackers पहुँच पाउँछन्।

Private Information चोरी - ईमेल, फोन नम्बर जस्ता data ह्याकरहरूलाई सजिलै पुग्छ।

Malware र Virus - क्लिक गरेपछि, यस्ता लिंकहरूले तपाईंको उपकरणमा malware र virus install गर्न सक्छ, जसले device लाई slow बनाउँछ वा hacking को जोखिम बढाउँछ।

---

Clickbait Scam बाट जोगिने तरिकाहरू

Clickbait scams बाट जोगिनका लागि यी कुरा ध्यानमा राख्नुहोस्:

1. URL Verify गर्नुहोस् - कुनै पनि link मा क्लिक गर्नु अघि URL को सहीताको जाँच गर्नुहोस्।

2. Fake Promotions बाट टाढा बस्नुहोस् - धेरै आकर्षक र अस्वभाविक अफर वा उपहारहरुबाट सतर्क हुनुहोस्।

3. Suspicious Links मा क्लिक नगर्नुहोस् - चिनजानका वेबसाइटहरू बाहेक कुनै पनि अनौठो लिंकमा क्लिक नगर्नुहोस्।

4. Security Software Install गर्नुहोस् - device मा antivirus software राखेर scam links बाट जोगिन सकिन्छ।

5. न्युज हेर्ने बानी छ भने भेरिफाइड वा trusted च्यानल वा website हरु बाट मात्र हेर्ने बानी बसाल्नुहोस्।


---

निष्कर्ष

Clickbait scams सजिलै देखिए पनि यसको खतरा धेरै गम्भीर हुन्छ। यो scams लाई चिनेर र सही steps अपनाएर जोगिन सकिन्छ। अनावश्यक links र नक्कली अफर बाट टाढा रहनु नै सबैभन्दा सुरक्षित उपाय हो।

Post a Comment

0Comments

Post a Comment (0)